एमसीसी अध्ययन प्रतिवेदन बाहिरिए लगत्तै प्रचण्ड -नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।

भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।

बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

यसैगरी, केहीबेर अघि मात्रै एमसीसी अध्ययन प्रतिवेदन बाहिरिएको थियो । यहि बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

लकडाउन र नेकपा विवाद चर्किरहेका बेला अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता एमसीसी अध्ययन प्रतिवेदन बाहिरिएको छ । एमसीसीबारे अध्ययन गर्न गठित नेकपाको कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको छ ।

लकडाउन र नेकपा विवाद चर्किरहेका बेला बाहिरियो एमसीसी अध्ययन प्रतिवेदन

१९ वैशाख २०७७, शुक्रवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु