अपहरणको आरोप लगाउनेलाई त्यसै छोड्दिन : महेश बस्नेत

काठमाडौं । नेकपा सांसद महेश बस्नेतले आफूहरूमाथि अपहरणको आरोप लगाउनेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

समाजवादी पार्टीका सांसद डा।सुरेन्द्र यादवलाई आफूहरूले नभई डा।बाबुराम भट्टराईका मान्छेले अपहरण गरेको बस्नेतको प्रत्याआरोप छ ।

डा।यादवकै इच्छा र समाजवादी पार्टीका प्रमुख सचेतकको आग्रहमा आफूहरू यादवलाई लिन महोत्तरी गएको बस्नेतले अनलाइनखबरलाई बताए । यादवले अपहरण भएको नभनेको भन्दै बस्नेतले बिहीबार बिहान आङकाजी शेर्पासहितका बाबुरामका मान्छेले यादवलाई होटलबाट लिएर गएको बताए ।

आफूहरू समाजवादी पार्टीका नेतासँगै महोत्तरी गएको र सांसद यादव उनका भिनाजु तथा समाजवादी पार्टीका नेतासँग एउटै गाडीमा काठमाडौं आएको बस्नेतको स्वीकारोक्ति छ ।

समाजवादी पार्टी विभाजन हुन लागेको भन्ने जानकारी आफूहरूलाई रहेको र राजनीतिक दलका नेताहरूसँग छलफल गर्न जहाँ पनि जान सकिने बस्नेतको तर्क छ ।

समाजवादी र राजपाका नेताहरूसँग छलफल गर्ने क्रममा उनीहरूका कतिपय नेता पार्टी विभाजन गर्ने र नेकपामा प्रवेश गर्ने तहमा पाइएकाले आफूहरू छलफलमा संलग्न रहेको उनले बताए ।

११ वैशाख २०७७, बिहीवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु