चीनमा फिल्म रिलिज गर्ने दाउँमा भारतीय निर्माता, सेन्सरमा सुपर ३०

चीनमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आएसँगै सर्वसाधारणको दैनिकी सामान्य बन्दैछ। यही मौकामा भारतीय फिल्म निर्माताहरु चीनको हलहरुमा हिन्दी फिल्म रिलिज गर्ने योजनामा लागेका छन्।

भारतमा राम्रो प्रतिक्रिया पाएको ऋतिक रोशन अभिनित फिल्म ुसुपर ३०ु का निर्माता अहिले फिल्म चीनमा रिलिज गर्ने माहौल बनाउँदै छन्। सुपर ३० लाई भारतीय दर्शकहरुले मन पराएपछि राम्रो ब्यापार गरेको थियो। पछिल्लो समय चीनिया दर्शकहरुले समेत हिन्दी सिनेमा रुचाउन थालेकाले यो टिम कोरोनाले मन विथोलिएका चीनियालाई ऋतिक रोशन मार्फत मनोरञ्जन गराउने योजनामा लागेको हो।

फिल्म निर्माण टिम रिलायन्स इन्टरटेनमेन्टका सिइओले बलिउड ह‌ंगामासँग चीनमा फिल्म रिलिज गर्न चीनको सेन्सरबोर्डमा निवेदन दिइसकेको बताएका छन्। स्थिती सामान्य भएसँगै चीनमा फिल्म रिलिज गर्ने तयारीमा रहेको उनले बताएका छन्।

यस अगाडि चीनमा ऋतिक रोशनको फिल्म काबिल रिलिज भइसकेको छ। त्यसैले उनी हिन्दी फिल्म रुचाउने चीनिया दर्शकका लागि नयाँ हुने छैनन्। काबिलको ब्यापार भने त्यति राम्रो भएको थिएन। सुपर ३० शिक्षकको कथा भएको र चीनमा समेत शिक्षकलाई निक्कै सम्मान गर्ने भएकाले यस पटक भने राम्रो व्यापार हुने फिल्म निर्माणपक्षको आशा देखिन्छ।

५ वैशाख २०७७, शुक्रवार ०२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु