सेनालाई स्वास्थ्य समाग्री किन्न दिने निर्णय फिर्ता लिन नेकपा नेतृको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले स्वास्थ्य समाग्री र औषधि खरिदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेकी छन् ।

‘जीटुजीका आधारमा स्वास्थ्य समाग्री लिने तर, सेनालाई जिम्मवारी दिने निर्णय कदापी स्वीकार्य हुँदैन । यो ७० वर्षसम्म संघर्ष गरेर स्थापित गरेको नागरिक अधिकार र लोकतन्त्रमाथिको सिधै हमला हो‘, भुसाल भन्छिन्, ‘गम्भिर भएर निर्णय फिर्ता लिइएन भने यसको परिणाम गलत निस्कन्छ । यो कसैलाई स्वीकार्य हुने निर्णय होइन ।’

सरकारलाई जनता समक्ष गल्ति भए छाती खोलेर कमजोरी स्वीकार्न सुझाव दिंदै भुसालले भनिन– ‘अघिल्लो टेण्डरमा जे भयो त्यसमा गल्ति कमजोरी भएको भए जनतासँग छाती खोलेर माफी मागे हुन्छ । नेपाली जनता सहज छन्, क्षमा दिन्छन । तर, त्यसको विकल्प नागरिक सरकारलाई बाइपास गरेर सेनालाई जिम्मा दिने निर्णय अक्षम्य हो । यसलाई कुनै हालतमा स्वीकार्न सकिंदैन ।’

२१ चैत २०७६, शुक्रवार १४:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु