थाहा- ७ मा पनि अनावश्यक हिडडुल गर्न प्रतिवन्ध, अन्यथा कारबाही

१३ चैत, थाहा । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर सातले वडाबासीलाई अनावश्यक हिडडुल नगर्न आग्रह गरेको छ ।

वडाअध्यक्ष सनम सिं मोक्तानले बिहीबार एक सूचना निकालेर अति आपतकालिन कार्य प्रयोजन भन्दा बाहेक हिडडुल नर्गन आग्रह गरेका हुन् ।

अन्यथा भाइरस फैलिन सक्ने कुनै गतिविधि गरेको र संलग्न भएको पाइएमा जुनसुकै बेला प्रहरी प्रशासनको कारबाहीमा पर्न सक्ने र त्यस्तो कारबाही हुँदा वडाकार्यालय जवाफदेही नहुने सार्वजनिक सूचनामा उल्लेख छ ।

संक्रमण रोग ऐन २०२० अनुसार लकडाउन उलंघन गर्नेलाई ६ महिनासम्म कैद हुने व्यवस्था छ ।

सूचना हेर्नुहोस्

१३ चैत २०७६, बिहीवार १५:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु