चीनले पठायो नेपाललाई सहयोग कोरोना महामारीमा सामाग्रीसहित आफ्नै विमान
नेपालमा कोरोनाका संक्रमित फेला परेपछि चीनले फेरि पनि सहयोगी भाव देखाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल आउँने भएको छ ।
विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी पहिले नै दिएको थियो ।
स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको हो ।
नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो ।
सोमबार मात्रै चिनियाँ राजदूत होउ यान्कीले यो संकटको बेलामा नेपाल एक्लै नरहेको बताउँदै चीन सदैव साथमा रहेको उल्लेख गरेकी थिइन् ।
उनले नेपालका लागि आवश्यक सहयोग सामाग्री पठाउने तयारी भइरहेको जनाएकी थिइन् । चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउने भएको हो ।
१२ चैत २०७६, बुधवार ०९:५४ बजे प्रकाशित













