५० करोडको केन्द्रीय कोष गठन, कोरोनाविरुद्ध मन्त्रीहरुले दिए एक महिनाको तलब

काठमाडौं । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।
सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण एवम् औषधीजन्य सामाग्री सहज गर्न केन्द्रिय राहत कोष खडा गरेको छ ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

बैठकले कम्तीमा एक सातालाई छिमेकी मुलुकसँगका सबै सीमा बन्द गर्ने निर्णय समेत गरेको छ ।

९ चैत २०७६, आइतवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु