भारत र चीनतर्फको नाका एक साता बन्द गर्ने सरकारको निर्णय
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।
स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।
९ चैत २०७६, आइतवार १४:४७ बजे प्रकाशित













