पत्नीको घुसप्रकरणमा बोले योगेश भट्टराई, भन्छन- विन्दाले अनियमितता गरेकी छैनन्
पत्नीको घुसप्रकरणमा योगेश भट्टराई बोलेका छन । बिहिबार निकटस्थहरुसँगको भेटमा उनले आफ्नी श्रीमती विन्दा घिमिरेले अनियमितता नगरेको बताएका हुन । ‘विन्दाले अनियमितता गरेकी छैनिन्’ भन्ने उहाँको कुरा थियो’ भेटमा सहभागिमध्ये एकले भने ।
भट्टराईले सामाजिक सञ्जालबाट पनि कुनै गल्ती नगरेको दावी गरेका छन । उनले च्याट प्रकरण षड्यन्त्र र खुराफात भएको भन्दै आफुहरु सचेत रहेको समेत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’
पर्यटनमन्त्री भट्टराईकी श्रीमती घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको छ। नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिएको हो ।
काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ। काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्।
अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।
च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन ।
च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।
उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।
यस्तो छ कुराकानी


२९ फागुन २०७६, बिहीवार १२:४७ बजे प्रकाशित





