कोरोना रोकथाममा पशुपतिनाथको भर पर्नु पर्ने हो ? : सांसद पन्थ
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले कोरोना रोकथाम र सर्तकताका लागि तयारी फितलो भएको भन्दै सरकारको आलोचना गरेका छन ।
बिहिबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले भने, ‘ कोरोना रोकथाममा पशुपतिनाथको भर पर्नु पर्ने हो ?’
चिनको वुहानबाट शुरु भएको कोरोना भाइरस आज करिब १ सय २४ मुलुकहरुमा फैलिसकेको र विकसित भनिएका मुलुकहरु सहित आधा संसार बढी कोरोनाले ढाकिसकेको उल्लेख गर्दै उनले नेपाल सरकारले पनि समयमै सबै व्यवस्थापन र तयारीहरु गर्नुपर्नेमा जोड दिए ।
नेपालमा कोरोनाले प्रवेश गर्यो भने सबै क्षमताले योसँग लड्ने सामथ्र्य नहुन सक्ने भएकाले रोकथामका अहिले नै प्रभावकारी उपायहरु अवलम्वन गर्नुपर्ने उनको सुझाव छ ।
‘कोरोना रोकथामका लागि उच्च सर्तकताहरु अपनाइयोस । सरकारको हालसम्मको तयारीहरु फितलो देखिन्छ । जे पर्ला, टर्ला भनेजस्तो छ । सरकारका अभिव्यक्तिहरु जिम्मेवारीपूर्वक आएका छैनन् । यसतर्फ पनि विशेष अनुरोध गर्दछु’ पन्थले भने ।
यसको साथसाथै सांसद पन्थले २ वर्षे कार्यकाल पुरा गरी विदा भएका राष्ट्रिय सभा सदस्यहरुप्रति आभार, धन्यवाद प्रकट गरे । नयाँ सदस्यहरुलाई स्वागत र बधाइ दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे
तनहुँमा चितुवा आतंकबाट २ वर्षमा ९ बालबालिकाको अकालमा मृत्यु र केही घाइते भएकोमा सरकारको ध्यानाकर्षण पनि गरे । तनहुँमा निर्माणाधिन भानु प्राणी उद्यानको कार्य शिघ्र सम्पन्न गर्न माग गरे ।
२०७६ फागुन २९ गते राष्ट्रिय सभा बैठक विशेष समयमा सांसद पन्थले गरेको सम्बोधनको पूर्ण पाठ
सम्माननीय अध्यक्ष महोदय,
राष्ट्रिय सभामा २ वर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएका माननीय सदस्यज्यूहरुले संविधान कार्यन्वयन, विधि निर्माण र व्यवस्थापन कार्यमा ऐतिहासिक योगदान र्पुयाउनु भएको छ ।
मुलुक र जनताका आवाज उठाउनु भएको छ । धन्यवाद आभार सहित उहाँहरुको आगामी राजनैतिक र सामाजिक जीवनको सफलताको शुभकामना व्यक्त गर्दछु ।
गत फागुन २१ गतेदेखि राष्ट्रिय सभा सदस्यका रुपमा संघीय संसदमा प्रवेश हुनु भएका माननीयज्यूहरुलाई हार्दिक स्वागत सहित बधाई ज्ञापन गर्दछु । आगामी दिनहरूमा राष्ट्रिय सभाको गरिमा र ओझ बढाउनु हुनेछ, यहाँहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । पछिल्लो समय सबैभन्दा कमजोर संस्था संसदलाई बनाइदैछ ।
यस गरिमामय राष्ट्रिय सभा मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछु । उहाँको उपचारमा संलग्न सबै चिकित्सक टोलीहरु, दाता सहित सम्बन्धित सबैलाई धन्यवाद प्रकट गर्दछु । प्रधानमन्त्रीज्यू छिटो निको, सञ्चो भएर आफ्नो नियमित काममा फर्कनुहोस, कामना गर्दछु ।
अध्यक्ष महोदय,
चिनको वुहानबाट शुरु भएको कोरोना भाइरस आज करिब १ सय २४ मुलुकहरुमा फैलिसकेको छ । विकसित भनिएका मुलुकहरु सहित आधा संसार बढी कोरोनाले ढाकिसक्यो । आज विश्वलाई नै कोरोना भाइरसले आतंकित बनाएको छ । हामी नेपालीहरु पशुपतिनाथकै भर गरेर बस्नु पर्ने अवस्था नआओस । सरकारले समयमै सबै व्यवस्थापन र तयारीहरु गरोस ।
पालमा कोरोना प्रवेश गर्यो भने हाम्रो सबै क्षमताले योसँग लड्ने सामथ्र्य नहुन सक्छ तसर्थ रोकथामका प्रभावकारी उपायहरु तुरुन्त अवलम्वन गरियोस । मुलुक र जनताको हितमा, हरेक संकटको घडीमा सबै नेपाली जनता र सबै राजनैतिक दलहरुले सहयोग गरिरहेकै छन ।
कोरोना रोकथामका लागि उच्च सर्तकताहरु अपनाइयोस । चीनबाट नेपालीहरूलाइ गरिएको उदार ढिलै भएपनि प्रशंसनीय रहयो । सरकारलाई धन्यवाद दिन चाहान्छु । सरकारको हालसम्मको तयारीहरु फितलो देखिन्छ । जे पर्ला, टर्ला भनेजस्तो छ । सरकारका अभिव्यक्तिहरु जिम्मेवारीपूर्वक आएका छैनन् । यसतर्फ पनि विशेष अनुरोध गर्दछु ।
अध्यक्ष महोदय,
आज म यस सम्मानित राष्ट्रिय सभा मार्फत तनहुँमा चितुवा आक्रमणबाट ९ जना बालबालिकाको मृत्यु भएको र निरन्तर बालबालिका माथि आक्रमण भइरहेको विषयमा सरकारको ध्यानकर्षण गराउँदेछु ः
चितुवाको आक्रमणबाट तनहुँ जिल्लामा मात्र २ वर्ष भित्र ९ जना बालबालिकाहरुको अकालमा मृत्यु भइसकेको छ । तनहुँ जिल्लाको भानु नगरपालिकामा अत्याधिक आंतक मच्चाइरहेको चितुवा शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकामा समेत आतंक मच्चाइरहेको छ ।
पछिल्लो समय उक्त चितुवा कास्कीसम्म पुगेको अनुमान गरिएको थियो । आम जनमानसलाई भय र त्रासले प्रभावित पारिरहेको छ । मानिसहरुलाइ घरवाहिर निस्कन र विशेष गरी साँझ विहानको समयमा अत्यन्तै त्रसित बनाएको छ । बालबालिकाहरुको सुरक्षामा चुनौतिपूर्ण स्थिति छ । बालबालिकाहरु घर आँगनमा निस्कन र खेल्न समेत नसकिने भयभित अवस्था उत्पन्न भएको छ ।
गत २ वर्ष यता चितुवाको आक्रमणबाट
०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, ०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, ०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै ०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली र
गत माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीका १० वर्षीय इशक सुनारको
चितुवाको आक्रमण मृत्यु भएको छ ।यसैगरी हिजो बुधवार राति करिब ८ः१५ को समयमा तनहुँकै बन्दिपुर ५ याम्पमा अर्का ९ वर्षिय बालक अनुप नेपालीलाई चितुवाले आक्रमण गरी गम्भिर घाइते बनाएको छ । चितुवाले बस्ती नजिकै रोडमै आक्रमण गरी करिब ३० मिटर पर पुर्याएको थियो । सोही समयमा संगै रहेकी आमाले चितुवासंग छोरालाई खोसेर बचाएकी थिइन । चितुवाको आक्रमणबाट बालकको घाटीमा गहिरो चोट लागेको छ । बन्दिपुर गाउँपालिकाका अध्यक्ष समेतको विशेष सहयोगमा थप उपचारका लागि बालकलाई पोखरा पठाइएको छ ।
अध्यक्ष महोदय,
तनहुँको त्यहाँको जङ्गलमा २ दर्जन भन्दा बढी चितुवाहरु रहेको स्थानीयवासीहरुले अनुमान गरेका छन । चितुवाले बालबालिकाहरुमाथि निरन्तर आक्रमण गरेपछि स्थानीयवासी, सामुदायिक वन समूहरु, नगर पालिकाको सहयोग र समन्वयमा डिभिजन वन कार्यालय तनहुँले थापेको खोरमा अहिलेसम्म २ भाले चितुवा र ५ पोथी चितुवा सहित ७ चितुवाहरु परिसकेका छन ।
भानु नगरपालिकाका विभिन्न स्थानाट ६ ओटा चिुतुवा, व्यास नगरपालिकामा १ चितुवा र गत माघ २५ गते बन्दिपुर गाउँपालिका ४ को लोही पाखामा १ चितुवा खोरमा परेका हुन । खोरमा परेका नियन्त्रणमा लिइएका चितुवाहरुलाई डिभिजन वन कार्यालय तनहुँले निकुञ्ज लगायत विभिन्न प्राणी उद्यानमा स्थानान्तरण गरेको छ । पठाइएको छ ।
सामुदायिक वनको विकाससँगै वनका विभिन्न पक्षहरु ९इकोसिष्टम० मा समयमै ध्यान नपु¥याउँदा र वनभित्र वन्यजन्तु पनि हुन्छन भन्ने सवालमा सँगसँगै व्यवस्थापन नहुँदा यस्ता कतिपय दुर्घटनाहरु आइरहेका छन । वन क्षेत्रमा ठूला रुखको विकास र संरक्षणमा मात्रै ध्यान जाँदा साना तर विभिन्न जातका फलफुलका विरुवाहरुमा ध्यान पुगेन, घाँस बढाउने तर्फ ध्यान गएन ।
साना वन्यजन्तुहरु जुन चितुवा, बाघ लगायतका आहारा हुन्छन, त्यसलाई बचाउने, हुर्काउने, बढाउने तर्फ पनि ध्यान गएन । जसले गर्दा पछिल्लो समय वनजंगलमा चितुवाको आहारा जन्य वन्यजन्तुको लोप हुँदै गएको र आहाराको कमीको कारणले चितुवा मानव वस्तीमै छिरेर बालबालिकामाथि आक्रमण गरिरहेको छ । मानवीय क्षति पु¥याएको छ । स्थानीय पहलले मात्र बालबालिका माथिको चितुवाको आक्रमण रोक्न सकिएको छैन । सम्भव पनि देखिएन ।
अध्यक्ष महोदय,
म यस सम्मानीत राष्ट्रिय सभा मार्फत यस मानविय र बालबालिकाको जीउज्यानको सुरक्षाको संवेदनशील विषयमा गम्भिर हुन नेपाल सरकार र सम्बन्धित मन्त्रालयसँग जोडदार माग गर्दछु । गम्भिर ध्यानाकर्षण गराउँदछु । यस मानविय संकटको परिस्थितिमा नेपाल सरकार र सम्बन्धित मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरी अल्पकालिन र दिर्घकालिन समस्या समाधानका उपायहरु तुरुन्तै अवलम्बन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
वन विकास र बन्यजन्तुको संरक्षणको सन्दर्भमा मानविय सुरक्षाका प्रभावकारी उपायहरुहरु सहितको प्रभावकारी व्यवस्थापनमा ढिला नर्गन समेत सरकार र वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्दछु ।
जनताको जीउधनको सुरक्षाका लागि जनताहरुले अपनाउन सक्ने आत्मसुरक्षाका उपायहरु, आक्रमणमा प्रतिकार गर्न सक्ने सिप र प्रविधिहरुको प्रभावकारी व्यवस्थापनमा समेत सरकारका तर्फबाट आवश्यक पहलकदमी होस ।
अध्यक्ष महोदय,
म यसै सन्दर्भमा तनहुँमा निर्माणाधिन भानु प्राणि उद्यानको समेत सिघ्र कार्य सम्पन्न गर्न तर्फ सरकारलाई विशेष आग्रह गर्न चाहान्छु । तनहुँ स्थित भानु प्राणी उद्यान कार्य छिटो सम्पन्न गर्न सकिएमा हिस्रक र बालबालिका माथि आक्रमण गर्ने चितुवा, बाघ लगायतको व्यवस्थापनमा केहि सहयोग पुग्ने थियो । नेपालकै ठूलो तनहुँ स्थित भानु प्राणी उद्यान निर्माण कार्य छिटो सम्पन्नका गर्नका लागि समेत नेपाल सरकार सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउँदछु ।
धन्यवाद, जय नेपाल ।
२९ फागुन २०७६, बिहीवार १२:१३ बजे प्रकाशित





