रेखा थापाको विवादास्पद अभिव्यक्ति भन्छिन- महिलाले पुरुषलाई भोट नहालौं
अभिनेत्री रेखा थापाले विवादास्पद अभिव्यक्ति दिएकी छन । ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री थापाले चुनावमा महिलाले पुरुषलाई भोट नहाल्नुपर्ने बताएकी हुन ।
पुरुषको दबदबा भयो, महिला कोटामा मात्रै भन्ने महिलाले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न म चुनौती दिन्छुु, उनले भनिन्, ‘संसददेखि सडकसम्म महिला ताली पड्काउन र दर्शकको रुपमा मात्रै काम गरेकाले सधैँ पछाडि परेका छन्।’
थापा डिर्भोसवाला नायिका हुन ।
उनले अहिले पनि महिलालाई केबल उपस्थितिका लागि मात्रै प्रयोग गरिने गरेको गुनासो गरिन्। अपवाद बाहेक संसददेखि सडकसम्म हामी महिलालाई दर्शकको रुपमा उपस्थिति गराइन्छ। संसदको लोगो गलायो, लिपिस्टिक लगायो। संसदमा गयो, ताली बजायो, बस्यो। यसरी महिला मुक्ति हुन्छ ?’ उनले सोधिन्, ‘हामी जहाँ छौँ त्यहाँ प्रभावकारी भूमिका खेल्नुपर्छ। व्यक्तिगत रुपमा मैले यो कुरा भनिरहेकी छैन। बजारका महंगा होटलमा महिला मुक्तिबारे चर्को स्वरले बोल्दैमा गाउँबस्तीको वास्तविकता सम्बोधन हुँदैन। कारण त्यही हो, हामी उपहारको पदको आशा गरिरहेका छौं। हामीभित्र डर छ। त्यो डर हटाउन सक्नुपर्छ।’
उनले महिलाहरुले आफूलाई कम्जोर ठानेकैले हेपिनुपरेको पनि बताइन्।
२५ फागुन २०७६, आइतवार १५:५५ बजे प्रकाशित













