नेकपाले भनेको विषयमा मात्र संविधान संशोधन गर्न सकिन्न : राजेन्द्र महतो

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेकपाले बनाएको संविधान संशोधनको कार्यदल व्यक्तिगत स्वार्थका लागि भएको बताएका छन् ।

आइतबार नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेपछि नेता महतोले त्यसमा आदीवासी मधेशी पक्षको प्रतिनिधित्वको माग गरे ।

उनले भने, ‘संविधान संशोधनका लागि मधेशी, आदीवासी जनजाति जसले माग गरेका छन् उनीहरुसँग सल्लाह पनि गरेको छैन, सहभागिताको कुरा पनि छैन । एकतर्फी रुपमा बनाइएको छ । उसले आफ्नो एकदलीय एजेण्डा राख्न संशोधन गर्न खोजेको होला, त्यसमा हाम्रो आपत्ति छ । नेकपाले भनेको विषयमा मात्र संविधान संशोधन गर्नेमा सहमति जनाउन सकिन्न ।’

उनले जनताले खोजेको अधिकार स्थापित गर्नेगरी संविधान संशोधन नभए बलियो शक्ति बनाएर आन्दोलन गर्ने चेतावनी दिए । उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी लगायतका विचार मिल्ने दलसँग एकता गरी बलियो शक्ति बनाएर आन्दोलन गर्ने बताए ।

११ फागुन २०७६, आइतवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु