गच्छदारको बचाउ गर्दै सरकारको विरोधमा जल्यो माइतिघर (भिडियोसहित)


बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा नेपाली कांग्रेसले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।


कांग्रसको भातृसंगठन तरुण दल र नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।


प्रदर्शनकारीले भ्रष्टाचार सरकार चाहिँदैन, निर्दोषलाई फसाउन पाइँदैन, संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर, विभेद र पूर्वाग्रह मानिँदैन, काण्डैकाण्डको सरकार चाहिँदैन, ‘बालुवाटार जग्गा प्रकरण, आफ्नालाई जोगाउने, अरुलाई फसाउने’, तिलकुमारीलाई जेल, विष्णु पौडेललाई माफी’, क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री’, ‘सरकार तेरो भ्रष्टाचार किन मात्र गच्छदार’ जस्ता नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन् ।
विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको नर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरेका थिए ।


बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो । कांग्रेसले सदन र सडकबाट त्यसको विरोध गर्दै आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् (गच्छदारको बचाउ गर्दै सरकारको विरोधमा जल्यो माइतिघर)

२४ माघ २०७६, शुक्रवार १४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु