भारत जान नेपालीलाई भिसा, नेपाल पस्नेलाई पनि भिसा लागू गर्ने कि !

भारतीयहरु नेपाल आउन र नेपालीहरु भारत जान भिसा चाहिँदैन। नेपाली नागरिकता वा भिसा नभएको पासपोर्टमात्र भए पनि भारत जान पाइन्छ। भारत र नेपालबीच भएको पुरानो सन्धिका आधारमा यो सुविधा दुवै देशका नागरिकहरुले पाउने हुन् ।

तर यसमा शर्तहरु लागू हुन्छन्। केही देशबाट भारत पस्न खोज्नुभयो भने तपाईँ नेपाली नै भए पनि भारतको भिसा लिनै पर्छ। यो नियमबारे धेरैलाई थाहा नहुनसक्छ। त्यसैले अन्यौल हुनसक्छ।

भारतस्थित नेपाली दूतावासले गत असारमा सूचना नै निकालेर यसबारे जानकारी दिएको थियो ।

उक्त सूचना अनुसार चार देशबाट भारत पस्दा नेपालीलाई पनि भारतको भिसा लिन जरुरी हुन्छ। ती देशहरु हुन– चीन, मकाउ, हङकङ र पाकिस्तान।

त्यसैगरी भारतको इमिग्रेसन पार गर्दै नौ वटा देश जान नेपाली दूतावासको एनओसी अर्थात् नो अब्जेक्सन लेटर आवश्यक हुन्छ। यस्तो लेटर दिल्लीस्थित दूतावासबाट नलिएमा तपाईँलाई उड्न दिइन्न

ती देशहरु हुन् ( साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक, लिबिया र लेबनान।

नेपाली दूतावासले गत असारमा निकालेको सुचना

’अब नेपाल पस्नका लागि जहाँ बाट आएको भए पनि भिसा लागू गर्ने कि ! चाहे भारत होस वा अरु कुनै देश ।’ पछिल्लो समय सिमा सम्बन्धी बहसमा यो विषय पनि उठ्ने गरेको छ ।

१४ माघ २०७६, मंगलवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु