भ्रष्टाचारमा मुछिएका र नेकपाका बागी उम्मेदवार कर्णाली प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार !

९ चैत, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा भीमप्रकाश शर्मा मनोनयन भएका छन् ।

शर्मालाई गत चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहाकारमा मनोनयन गरेको हो । तर, उनै शर्मा गएको चुनावमा कर्णाली प्रदेशको प्रदेश क बाट तत्कालीन वाम गठबन्धनका उम्मेदवार गुलावजङ शाहविरुद्ध चुनाव लडेका थिए । तर, मन्त्री परिषदको बैठकले माओवादीका पूर्व जिल्ला इञ्चार्ज समेत रहेका उनै शर्मालाई राजनीतिक सल्लाहकारमा मनोनयन गरेको हो ।

तर, मन्त्रिपरिषदको बैठकले माओवादीका पूर्व जिल्ला इञ्चार्ज समेत रहेका उनै शर्मालाई राजनीतिक सल्लाहकारमा मनोनयन गरेको हो ।

यसैगरी,कर्णाली प्रदेशको मन्त्रीपरिषद बैठकले मुख्यमन्त्रीका प्रशासनिक सल्लाहकारमा रत्न गाहा मगरलाई मनोनय गर्यो ।
मगर अख्तियारको छानविनमा रहेका व्यक्ति हुन । तत्कालीन समाज कल्याण परिषदको कोषाध्यक्ष रहेका मगरमाथि अख्तियारले समाज कल्याण परिषदमा भएको भनिएको भ्रष्टाचारको मुद्वामा अनुसन्धान गरिरहेको छ ।

मन्त्रीपरिषदको निर्णय

९ चैत २०७५, शनिवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु