कांग्रेस नेता चिनकाजी श्रेष्ठलाई पितृशोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका ९९ वर्षीय पिता पुण्यप्रसाद श्रेष्ठको शनिवार निधन भएको छ । दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको कांग्रेस पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती निकालेर जानकारी दिए ।

विसं२००७ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका स्वर्गीय श्रेष्ठ विस २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईलाई विजयी गराउन गोरखाको उत्तरी क्षेत्रमा सक्रिय रहेका विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुण्यप्रसाद श्रेष्ठको निधनप्रति गहिरो दुःख गरेका छन । श्रेष्ठको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक प्रेरणादायी व्यक्तित्वलाई गुमाएको देउवाले बताए ।

२ चैत २०७५, शनिवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु