प्रियंका भन्छिन्–कमाइको १० प्रतिशत आयंका फाउन्डेशनलाई

असारमा बिबाह बन्धनमा बाधिन लागेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’को औपचारिक घोषणा गरेका छन् । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै फाउन्डेशनको घोषणा गरिएको हो । फाउन्डेशनको मुख्य सल्लाहाकारमा सरोज ओली छन् ।

‘आयांक फाउन्डेशन’ले गर्न लागेका मुख्य कामहरुमा किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्ने लगायतका छन् । यस्तै, सडकमा भेटिएका घर पालुवा जनावरलाई व्यवस्थित गर्नका लागि योसँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा नायिका कार्कीले भनिन्–‘यो एउटा सुरुवात हो । हामी पहिले काभ्रे जाँदैछौ । जहाँ हामी प्याड वितरण गर्दैछौ ।’ यस्तै, बच्चाका लागि, वृद्धाहरुका लागि पनि काम गर्ने प्रियंकाले बताइन् ।

कमाइको १० प्रतिशत फाउन्डेशनमा
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी अहिले विभिन्न तरिकाले काम गरिरहेका छन् । चलचित्र, म्यूजिक भिडियो, स्टेज कार्यक्रम, विज्ञापनमा उनीहरु व्यस्त छन् । यो जोडीले यो फाउन्डेशनमा आफ्नो कमाइको १० प्रतिशत राख्ने बताएको छ । साथै, विभिन्न एनजीओहरुसँग सहकार्य गर्ने पनि बताइएको छ । विभिन्न मन्त्रालयसँग कुरा गरेर पनि अगाडि बढ्ने तयारी आयांकाको छ । -अनलाइनखबरबाट

७ माघ २०७५, सोमवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु