भारत अंधेरीको गुंदवलीमा भव्य तिज कार्यक्रम

अखिल भारत नेपाली एकता मंच र प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिको अायोजनामा , महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज कार्यक्रम अंधेरीको गुंदवली स्थित गुंदवली स्कुलमा भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको संचालन शंकर परियार ले गरेको थियो भने अध्यक्षता उजेली विक ज्युले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि एकता मंचकी केन्द्रीय समिति उपाध्यक्ष रत्ना मलाती ज्यु , विशेष अतिथि प्रवासी नेपाली संघ भारतका महासचिव डम्बर रावल ज्यु अतिथिहरु केन्द्रीय सचिव सुरेन्द्र देवकर , मोहन देवकर , सहकोषाध्यक्ष शिव प्रसाद महत , केन्द्रीय सचिवालय सदस्यहरु अोम विक , ललित विक , चन्द्रमणी शर्मा , टेक बहादुर ताम्राकार , खगेन्द्रराज तिवारी , केन्द्रीय सदस्यहरु टेक बहादुर रावल , मदन मलाती , व्यवशायी मिन बहादुर बोहरा र रंगा सिंह रहनु भएको थियो ।

कार्यक्रममा अतिथिहरुलाई खादा र अविर लगाएर सम्मान उपाध्यक्ष कमल तिरुवा ,भक्त विक , रिषीराम शर्मा सह सचिव अर्जुन रिजाल र कोषाध्यक्ष गणेश विक ज्युले गर्नु भएको थियो भने स्वागत मंतव्य काली देवी शाहनी ज्युले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न नगर समितिहरुबाट तिजका गितहरुमा महिलाहरुको सामुहिक नृत्य गरेर मनोरञ्जन गरेका थिए ।

कार्यक्रम का प्रमुख अथिती एकता मंच कि केन्द्रिय उपाध्यक्ष रतना मलाती ज्यु ले कार्यक्रम लाई सम्बोधन गर्दै सम्पुर्ण महिला हरु ले अधिकार् प्राप्ति का लागि गरेको आन्दोलन र अधिकार प्राप्ति का लागि गर्नु पर्ने सघर्श एक भएर गर्नु पर्ने र महिला हरु लाई एकता गर्दै अगाडी बढनु पर्ने बताउनु भयो साथै माया बिक का हत्यारा र निर्मला पन्त का हत्त्यरा हरु लाई हदै सम्म को सजाय दिएर न्याय दिन का लागि सरकार संग विशेष जोड दिनु भएको थिए साथै अन्य अथिती हरु ले पनि आफ्नो आफ्नो मन्त्ब्य राखेका थिए ।

३ असोज २०७५, बुधवार १४:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु