‘कहिँ कतै’मा यस्तो देखिए दीलिप राइमाझी
अभिनेता दीलिप राइमाझीको मुख्य भूकिका रहेको पछिल्लो फिल्म ‘कहिँ कतै’का अफिसियल पोस्टर रिलीज भएका छन्।
पोस्टरमा दिलीप रायमाझीको साथमा नवकलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमुख स्थान दिइएको छ। श्रावण २५ गतेबाट प्रदर्शनमा आउने सिनमाको अर्को पोस्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ‘बेबी’ गिरीलाई समेटिएको छ।
सिवानी र सोनमले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन्। सिक्कीम स्थायी घर भएकी नवनायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन्। हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन्। शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ। चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ।
अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ।शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको कहिँ कतैका पोस्टर टौवा क्रियशनले तयार पारेको हो। चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्नेछन् भने डिजिटल वितरण हाइलाईट्स नेपालले गरेको छ।
२२ असार २०७५, शुक्रवार १४:३६ बजे प्रकाशित













