राष्ट्रिय सेवा दलको प्रशिक्षणा सुरु
देशको माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुका छात्रछात्राहरुलाई अनूशासन, नेतृत्व विकास, वफादारिता र राष्ट्रिय एकता सम्बन्धि ज्ञान दिलाई मूलूकमा प्राकृतिक प्रकोपको अवस्थामा परिचालन हून स्वयंसेवक यूवा दस्ता तयार गर्न र राष्ट्र सेवाको लागि विभिन्न निकायमा जिम्मेवार रुपले कार्य गर्न सक्ने सक्षम नागरिक बनाउने उधेश्यले नवलपरासीको कावासोती ३ मा रहेको लुम्वििनि आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको प्रशिक्षणा सुरु हुने भएको छ ।
साउन ४ गतेबाट सुरु हुने प्रशिक्षणामा लुम्वििनि आवासीय माविका ३६ जना जूनियर डिभिजन तर्फका विद्यार्थीहरुको सहभागीता रहने जनाईएको छ । जसमा १८ जना छात्र रहेका छन् भने १८ जना छात्रा रहेको विद्यालयका प्रिन्सीपल मोतिराम तिवारीले जानकारी दिनुभयो ।
१ सय दिनको तालिम अन्तर्गत ७९ दिन विद्यालयमै प्रशिक्षणा दिईने छ भने बाँकी २१ ीदन कोहलपुरको क्याम्पमा प्रशिक्षणा दिने जनाईएको छ । ७९ दिनको संस्थागत तालिममा शारीरिक व्यायाम, मास पि.टी., तेक्वाण्डो पि.टी., बक्सिङ, खाली हात ड्रिल, खूकूरी ड्रिल, सेरोमोनियल ड्रिल, सैनिक कला, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कम्पास जि.पि.एस., हतियार तालिम तथा फायरिङ, साहसिक तालिम र घोडचढी जस्ता तालीमहरु संचालन गरिने छ भने बाँकी २१ दिनको बार्षिक सामूहिक क्याम्प संचालन समेत हुने बिद्यालयले जनाएको छ । उक्त क्याम्पको अवसरमा अतिथि भाषणकला, नेतृत्व बिकास, व्यक्तित्व बिकास, स्वप्रबर्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन तथा लागू पदार्थ दूब्र्यशन र महिला तथा बाल अधिकार र संरक्षण सम्वन्धी तालीम दिइने विदालका भाईस प्रिन्सीपल त्रिभुवन तिवारीले बताउनुभयो । त्यसैगरी क्याम्पकै अवसरमा विपद् व्यवस्थापन तथा उद्धार, प्रकृति तथा वातावरण संरक्षण, निकूञ्ज, आरक्ष र संरक्षित क्षेत्र, खानेपानी तथा सरसफाईको साथै सूरक्षा अंङ्गहरु सम्बन्धि जानकारी, संयूक्त राष्ट्र संघमा नेपाली सेनाको भूमिका, ब्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचार, साँस्कृतिक कार्यक्रम, सैनिक कला अभ्यास, शारीरिक तालिम अभ्यास, विपद् व्यवस्थापन तथा उद्धार, प्राथमिक उपचार अभ्यास र दीक्षान्त कवाज सम्वन्धी जानकारी एवं तलिम दिईने बिद्यालयले जनाएको छ ।
राष्ट्रिय सेवा दलको अवधारणाको प्रारम्भ सन् १८५६ ताका क्रिमियम यूद्धबाट फर्केका वेलायती सेनाहरुले राष्ट्रका यूवाहरुमा अनूशासन तथा नेतृत्वको भावना वृद्धि गर्ने उद्देश्यले नभल लेड्स ब्रिजको स्थापना गरे पश्चात भएको थियो । नभल लेड्स ब्रिज क्रमिक रुपमा विकास भई सन् १९१४ मा पूर्ण रुपमा सेवा दलमा रुपान्तरित भयो र अन्य राष्ट्रहरुले पनि यो अवधारणाको अवलम्वन गर्ने गरेको पाईन्छ ।नेपालको सन्दर्भमा यूवा जनशक्तिको महत्व तथा आवश्यकतालाई मनन् गरी यूवा वर्गलाई संगठित गर्दै सही मार्गमा डोर्याई राष्ट्र विकासमा योगदान दिने अवधारणा अनूरुप वि.सं. २०२२ साल कार्तिक ७ गते राष्ट्रिय सेवा दलको स्थापना भयो ।यसैबिचमा आज विद्यालयले अभिभावकहरसंगको अन्तरकृया कार्यक्रम गरेको छ ।
अभिभावहरु राष्ट्रिय सेवा दलमा आफ्ना छोराछोरी आवद्ध हुन पाएकोमा गौरवान्वित भएको पाईएको विद्यालयले जनाएको छ।
१३ जेठ २०७४, शनिवार १५:१० बजे प्रकाशित













