एमाले नेतृत्वको ९ दलीय विपक्षी गठबन्धनले माग्यो कार्यविधि
काठमाडौं, बैशाख १५ । नेकपा एमालेले स्थानीय तह संख्या बढाउन स्पष्ट कार्यविधिको माग गरेको छ । स्थानीय तहको संख्य बढाउनेबारेमा अध्ययन गर्न बनेको कार्यदलको बैठकमा एमालेले स्पष्ट कार्यविधिको माग गरेको हो ।
बुधबार सत्तारुढ दल तथा एमालेबीच भएको छलफलमा स्थानीय तहको संख्या बढाउन स्पष्ट कार्यविधि बनाएर अघि बढ्ने समझदारी भएको थियो तर आजको बैठकमा कार्यदलका संयोजक तथा संघीय मामिला तथा स्थानिय विकासमन्त्री कमल थापाले कुनै स्पष्ट मापदण्डबिनै नयाँ प्रस्ताव अघि सारेका थिए ।
बैठकमा थापाले बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना समितिले प्रदेश नम्बर २ मा आफ्नो काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रतिवेदन बुझाउने क्रममा बाँकी काम सरकारलाई नै टुंग्याउन भनेको बैठकमा स्मरण गराएका थिए । उनले मधेसमा स्थानीय तहको संख्या थप्दा सोहि आयोगको सिफारिसलाई आधार मानेको भन्दै संख्या थपिने बताएका थिए ।
तर, एमालेले भने थापाको प्रस्तावमा स्पष्ट स्पष्ट कार्यविधि आउनु पर्ने र त्यसपछि कहाँ कुन आधारमा स्थानीय तहको संख्या बढाउन सकिन्छ कार्यविधिबाटै प्रष्ट हुने बताएको थियो ।
१५ वैशाख २०७४, शुक्रवार ०२:३० बजे प्रकाशित





