राष्ट्रिय प्रतिभा प्रतियोगितामा प्रथम भए योगेश , पाए २ लाख पुरस्कार

श्री कृष्ण माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी योगेश विश्वकर्माले ‘National Student Talent Competition 2082’ २०८२’ मा प्रथम स्थान हासिल गरेका छन् । प्रथम भएर उनले राष्ट्रिय स्तरमै उत्कृष्ट प्रतिभाको परिचय दिएका छन् ।

देशभरका विभिन्न विद्यालयबाट आएका प्रतिभाशाली प्रतिस्पर्धीहरूबीच भएको प्रतिस्पर्धामा योगेशले आफ्नो सशक्त स्वर प्रस्तुति, प्रभावशाली शैली तथा आत्मविश्वासपूर्ण प्रदर्शनमार्फत निर्णायक मण्डलको मन जित्न सफल भएका हुन् ।

निर्णायकहरूले उनको प्रस्तुति शैली, स्पष्ट अभिव्यक्ति र स्टेज प्रस्तुतीकरण क्षमतालाई उच्च मूल्याङ्कन गरेका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै उनले नगद पुरस्कार रु. २ लाख प्राप्त गरेका छन् ।

विद्यालय परिवार, शिक्षक, अभिभावक तथा स्थानीय समुदायले योगेशको उपलब्धिप्रति खुसी व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरेका छन् ।

विद्यालय प्रशासनले पनि यस्ता प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन र आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विश्वकर्मा दार्चुला जिल्लाको मालिका अर्जुन गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् । उनी कक्षा नौ ९ अध्ययनरत छन् ।

१७ फागुन २०८२, आइतवार २३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु