कोरोना अपडेट : १,३३३ संक्रमणमुक्त, २,९७९ कोरोना संक्रमण, २८ जनाको मृत्यु
२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।
हालसम्म देशभर ३३ लाख ९१ हजार ३७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ५४४ रहेको छ ।
यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।
हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।
२३ असार २०७८, बुधवार १७:०४ बजे प्रकाशित




