गुल्मीमा अविरल वर्षा
गुल्मीमा अविरल वर्षाका कारण घर भत्किँदा एक जना घाइते भएकी छिन् ।
जिल्लाको इस्मा गाउँपालिका-५ मैदानमा वर्षाले निर्माणधीन घर भत्किँदा २९ वर्षीया जानुका परियार घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यसै गरी इस्मा-१ उजुङका छज्ञबहादुर पछाईको घर पनि भत्किएको छ । घर माथिबाट झरेको ढुंगाले घर भत्किएको हो । घर भत्किए पनि मानिसमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।
१ असार २०७८, मंगलवार १७:०० बजे प्रकाशित













