एकाबिहानै लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प, मान्छेहरुको भागाभाग
काठमाडौंमा पनि धक्का महसुस

५ जेठ, काठमाडौं । लमजुङ केन्द्र भएर ५।८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
यसको क्षतिको विवरण आउन बाँकी छ ।
भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए ।
उनका अनुसार भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको छ । पुराना माटोले बनेका घरहरु भत्किएको भन्ने सूचना आएपनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।
‘अहिले हामी पनि विवरण संकलन गर्दैछौं ।’ उनले भने ‘पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइसकेको छैन । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्यायो कि पुर्याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।’
५ जेठ २०७८, बुधवार ०६:५८ बजे प्रकाशित