बढ्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ ।

शुक्रबार ९१,६०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ९२,५०० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२,००० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा आइतबार प्रतितोला २० रुपैयाँले वृद्धि भई १,३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

२ जेठ २०७८, आइतवार १३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु