राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन
जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतो चयन भएका छन् ।
बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।
‘२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’
महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।
३१ वैशाख २०७८, शुक्रवार १७:३३ बजे प्रकाशित





