पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा १८ दिनदेखि उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

वैशाख ५ गते भातरबाट स्वेदश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह अस्पताल भर्ना भएको केही दिनपछि उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ । लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजन दिन छाडिएको छ ।

२८ वैशाख २०७८, मंगलवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु