प्रचण्डले मनाए ५२ औं वैवाहिक वर्षगाठ
माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र पत्नी सिता दाहालले ५२ औ वैवाहिक वर्षगाठ मनाएका छन।
उनीहरुले सामान्य रुपमा आफ्नै निवासमा ५२ औ वैवाहिक वर्षगाठ मनाएका हुन् ।
छोरी गङ्गा दाहालले सामाजिक संजाल फेसबुकमा तस्विर शेयर गर्दै बुबा आमालाई वर्षगाठको शुभकामना दिएकी छन ।
सार्बजनिक तस्विरमा प्रचण्ड पत्नी सिता दाहाल भने विरामी अवस्था मै देखिन्छिन । उनि केहि वर्ष अगाडी देखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी नामको पार्किन्सन रोगबाट ग्रसित रहदै आएकी छन।
२७ वैशाख २०७८, सोमवार ०९:२० बजे प्रकाशित