भारतमा नयाँ रेकर्ड : एकैदिन ४ लाख बढी संक्रमित, ४ हजारको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणले बुधबार नयाँ रेकर्ड बनाएको छ।

ष्लखयतभअज
बुधबार भारतभर एकैदिनमा ४ लाख १२ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्। अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो। त्यसपछिका केही दिन संक्रमण घटे पनि बुधबार नयाँ रेकर्ड बनेको हो।

अघिलो साताभन्दा कम परीक्षण गर्दा पनि यति धेरै संक्रमित भेटिनु चिन्ताको विषय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

अप्रिल ३० मा भारतभर १९ लाख ४० हजार मानिसको स्वाब परीक्षण गरिएको थियो भने मंगलबार १५ लाख ४० हजारको मात्र परीक्षण गरिएको थियो।

संक्रमितसँगै भारतमा दैनिक मृत्युमा पनि बुधबार नयाँ रेकर्ड बनेको छ। बुधबार ३ हजार ९ सय ८० जना संक्रमितले ज्यान गुमाएका छन्। उत्तर प्रदेश, कर्नाटका, हरियाणा, पञ्जाब, तमिलनाडु र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ।

२३ वैशाख २०७८, बिहीवार ०७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु