फेरि अस्पताल भर्ना भए कलाकार मदनकृष्ण श्रेष्ठ

अस्पतालबाट डिस्चार्ज भएर गइसके पनि स्वास्थ्यमा पुन समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना भए । अहिले उनको अवस्था कस्तो छ त?
अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ नआएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिए ।
मदन दाइको अक्सिजन लेबल अलि घटेर कमजोरीपना देखिएको थियो । सुरक्षित हुन्छ भनेर उहाँलाई तीन दिनअघि अस्पताल अस्पताल भर्ना गरिएको हो, आचार्यले भने ।
वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। मदनकृष्णको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
गत शुक्रवारमात्रै डिस्चार्च भएका मदनकृष्णको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई पुन: मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
२२ वैशाख २०७८, बुधवार १३:४६ बजे प्रकाशित