प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्, संकटकाल घोषणा हुन सक्ने
प्रधानमन्त्री केपी ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेका हो ।
कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो साढे १ बजे खबर दिइएको हो ।
२० वैशाख २०७८, सोमवार १४:२२ बजे प्रकाशित













