हृदयश त्रिपाठी : केन्द्रमा केपी ओलीलाई साथ, प्रदेशमा शंकर पोखरेललाई घात

संघीय सरकारमा हृदयश त्रिपाठी स्वास्थ्य मन्त्रालय सम्हालिरहेका छन् । उनी एमाले होइनन् तर एमालेको सूर्य चिन्हबाट सांसद निर्वाचित भएका हुन् ।

त्रिपाठीजस्तै लुम्बिनीमा पनि उनका दुई कार्यकर्ता सूर्य चिन्हबाट प्रदेशसभा सदस्य बनेका थिए ।

तर उनीहरुले आफूहरु एमाले नभएको भन्दै मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेका छन् ।

त्रिपाठी र उनको समूहले केन्द्रमा ओलीलाई साथ दिएपनि प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई घात गरेका छन् ।

मुख्यमन्त्रीलाई आफूहरुको समर्थन नरहेको घोषणा गर्नेमा धर्म बहादुर लाल श्रीवास्तव र अजय शाही रहेका छन् ।

१९ वैशाख २०७८, आइतवार १८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु