पुर्वप्रधानन्यायाधीश पराजुलीले बजारमा ल्याए ‘संयोगका पानाहरु’

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश गोपाल पराजुलीले आफ्नो अनुभव र जीवन भोगाइलाई समेटेर पुस्तक ‘संयोगका पानाहरु’ सार्वजनिक गरेका छन् ।
पूर्व प्रधानन्यायाधीश एवं मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बिमोचन गर्नुभएको पुस्तकमा पूर्व प्रधानन्यायाधिशले सर्वोच्च अदालतमा आफुले बिताएको समयको प्रसंगहरु समेटेका छन् ।
संयोगका पानाहरु नामको पुस्तकमा धेरै प्रसंग नेपालको अदालत, अदालत प्रशासन र न्याय सम्पादनमा आफूले भोगेका विषयलाई शब्दमा व्यक्त गरेका छन् ।
करिब २७ वर्ष न्यायपालिकामा बिताएका लेखक पराजुलीको प्रधानन्यायाधीश बनेपछिको बर्हिगमन भने सुखद रहेन ।
दोहोरो जन्ममितिको विवादले बाहिरिनु पर्यो। पुस्तकमा न्यायलयभित्रको बेथिति र बिसंगतिलाई स्पष्ट रुपमा व्याख्या गरिएको छ ।
१५ वैशाख २०७८, बुधवार २०:२० बजे प्रकाशित