कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक

वरिष्ठ पत्रकार तथा लेखक कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक भएको छ ।
महाभारतको कथामा आधारित दार्शनिक उपन्यास हो – सत्यवती ।
उपन्यासमा तत्कालीन महाभारतको कथा मात्र छैन, त्यसैको माध्यमबाट वर्तमान समयलाई पनि सम्बोधन गरेको छ ।
मूलतः सत्यवती र ब्यास बीचमा भएको संवादमा आधारित उपन्यासले पूर्वीय दर्शनको सार, विषेशता र गूढ रहस्यलाई पिँधसम्म उधिनेर त्यसमा पलाएको विकृति र सामाजिक विसंगतिलाई छिमलेको छ ।
लेखक रिजालको यस अघि विभिन्न विधाका दर्जनौ पुस्तक प्रकाशित छन् भने सत्यवती उनको चौथो औपन्यासिक कृति हो ।
सत्यवती उपन्यासको सन्दर्भमा लेखकले भनेका छन् – ‘महाभारतको विषयबस्तुमा टेकेर व्यास र सत्यवतीको संवादलाई पूर्वीय दर्शनको आवरणमा राख्ने प्रयास गरेको छु , यसको बाँकी समीक्षा गर्ने जिम्मा पाठकलाई छाडेको छु ।
सांग्रिला बुक्सले प्रकाशन गरेको ‘सत्यवती’ उपन्यासको यसको मूल्य ४ सय ९५ रहेको छ ।
१५ वैशाख २०७८, बुधवार १३:५९ बजे प्रकाशित