पछिल्लो २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा धेरै संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण एक लाख ९७ हजार ८९४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा धेरै देखिएको छ ।

कर्नाटकमा पनि २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

सामाजिक गतिविधिमा गरिएको कडाइको कारण भारतको दिल्ली तथा महाराष्ट्रमा भने दैनिक नयाँ संक्रमितको संख्या घटेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २८ लाख ८२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ४८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि भारतमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणको विषयलाई लिएर चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले एक विज्ञप्ति जारी गर्दै भारतका केही राज्यमा नयाँ संक्रमितको संख्यामा कमी आए पनि धेरै राज्यमा कोरोना संक्रमण उच्च रहेको उल्लेख गरेका छन् ।

१४ वैशाख २०७८, मंगलवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु