ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र गरिरहेको आरोप

नेकपा दाहाल -नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।

जनयुद्धको हस्ताक्षर नामक पुस्तकको मंगलबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले धेरै दुःख गरेर पार्टी मिलाएको बताउँदै त्यसलाई विभाजन गर्न प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

‘एकताको झण्डा हामीले उठाएका छौं। केपीजीले फुटको बाटो रोज्नुभयो, विघटन र विसर्जनको बाटो रोज्नुभयो,’ उनले भने, ‘उहाँले पार्टीलाई पनि फुटतिर लैजानुभयो ।

संविधान र लोकतन्त्र पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो। मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो युद्ध हामीले जित्नु पर्छ ।’

संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको उनले उल्लेख गरे। प्रचण्डले ५ पुसपछि आफूहरु रक्तपातविहीन नयाँ युद्धमा रहेको सुनाए । ‘अदालतप्रति हाम्रो विश्वास छ, सही फैसला गर्छ,’ उनले भने ।

संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्धको आन्दोलनलाई शान्तिपूर्ण युद्ध भने। ‘अहिलेको युद्ध हामीले जित्नु छु, उनले भने, हामीले नै जित्छौँ ।

११ फागुन २०७७, मंगलवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु