४९ बर्षदेखि अन्न त्यागेका जगताचार्य शर्माको निधन
जगताचार्य पण्डित तेजनाथ शर्मा ‘नेपाली बाबा’ को निधन भएको छ।
४९ बर्षदेखि अन्न त्यागी फलाहार मात्र गरेका जगताचार्य पण्डित तेजनाथ शर्माको निधन भएको छ ।
६९ वर्षीय बाबाको सोमबार राति ९ बजे विन्धवासिनी आश्रम सतुङ्गलमा निधन भएको अन्तर धार्मिक संघका अध्यक्ष केशव चौलागाइँले जानकारी दिए।
अन्तर धार्मिक संघका अध्यक्ष केशव चौलागाइँका अनुसार मंगलबार विहान ९ बजे पशुपति आर्यघाटमा शर्माको अन्त्यष्टि गरिएको छ ।
‘नेपाली बाबा’ ले शित युद्ध अन्त्य र विश्व शान्तिका लागि सन् १९८६ महायज्ञ गरेका थिए। शर्माले २०४५ सालमा नेपालका ७५ जिल्ला पैदल यात्रा गरेका थिए ।
उनले २०२८ सालदेखि अन्न भोजन त्याग गरेका थिए । फलफूलमात्र खाने गरेका उनलाई त्यागी पण्डितका रुपमा पनि व्याख्या गरिन्थ्यो ।
‘धर्मो रक्षति रक्षितः’ अभियान थालेका ‘नेपाली बाबा’ अर्थात् पण्डित तेजनाथ शर्माले २०४८ मा नेपालको मुक्तिनाथदेखि भारत कन्याकुमारीसम्म ११८ दिन लगाएर पदयात्रा गरे ।
हाल विन्ध्यवासिनी आध्यामिक संघका प्रमुख संस्थापक नेपाली बाबा अहिले सोही आश्रममा बस्दै आएका थिए ।
६ माघ २०७७, मंगलवार १२:३३ बजे प्रकाशित





