काठमाडौं महानगरपालिकालाई अभियन्ताहरुले घेर्दै
पुरातत्व विभागले कमलपोखरीमा निर्माण कार्य रोक्नको लागि आदेश दिए पनि सोमबार राति कमलपोखरीमा डोजर चलेपछि अभियन्ताहरुले विरोध जनाएका छन् ।
उनीहरु गएराति नै कमलपोखरी पुगेपछि डोजर चलाउन बन्द गरिएको थियो । साथै, अभियन्ताहरुले आज दिउँसो काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् ।
सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरले ट्वीट गर्दै आफूहरु काठमाडौं महानगरपालिकाको कार्यालय घेर्न जान लागेको जनाएका हुन् ।
‘‘कमलपोखरीमा अवैध र अनैतिक रुपमा चलाइएको डोजरको विरोध गर्न हामी दिउँसो १ स् ३० बजे बागदरबारमा जाँदै छौँ,’’ उनले लेखेका छन्, ‘‘आज हामी मेयरको कार्यालयमा जाँदै छौँ, कमलपोखरी बचाउनको लागि सबैजना जुटौँ ।’’
६ माघ २०७७, मंगलवार १२:१२ बजे प्रकाशित





