बलिउड अभिनेत्री कंगनालाई बलात्कार गर्ने र मार्ने धम्की
बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको भन्दै भिडियो सन्देश जारी गरेकी छन् ।
ट्विटरमा सेयर भिडियोमा कंगनाले भनेकी छन्, ‘पछिल्ला १०-१२ दिनदेखि म संवेगात्मक र मानसिक तनाव झेलिरहेकी छु। मलाई बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन् ।’
सन्देशमा उनले किसान आन्दोलनको कुरा पनि गरेकी छन्। यसबारे आफूलाई प्रश्न गर्ने अधिकार रहेको उल्लेख गरेकी छन् ।
५ पुस २०७७, आइतवार ०९:४२ बजे प्रकाशित





