तिहार नजिकिए सङ्गै सुनको मूल्य बढ्दो क्रममा
			आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२४ कात्तिक २०७७, सोमवार १३:५२ बजे प्रकाशित
						 




