सेयर बजारमा उछाल, परिसूचक ४१.२ अंकले बढ्यो
बुधबार सेयर बजार परिसूचक नेप्से ४१.२ अंकले बढेको छ।
बढेको बजार १६४७.४५ अंकमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स ९.२१ अंकले बढेर ३२७.७६ अंकमा पुगेको छ।
आज १८८ कम्पनीको ९३ लाख २२ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख बराबरको कारोबार भएको छ।
व्यापार बाहेक सबै समूहका उपसूचकहरू बढेका छन्। व्यापार समूहको उपसूचक ८.८३ अंकले घटेको छ भने बैंकिङ ५५.१५, होटल ३२.८५, विकास बैंक ६०.९७, जलविद्युत् ३.८६, फाइनान्स १३.३८ अंकले बढेको छ।
आज प्राइम कमर्सियल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने पञ्चकन्या माई हाइडोपावर कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्।
१२ कात्तिक २०७७, बुधवार १६:२२ बजे प्रकाशित





