प्रहरीले भक्तपुरको गेष्ट हाउसमा छापा मारेर १४ जना केटाकेटीलाई पक्रियो

 

महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ। यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो।

महानगरीय प्रहरी वृत्त थिमिकाले ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

यसैबीच, चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ।

९ कात्तिक २०७७, आइतवार ०६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु