आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली

देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
त्यस्तै बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशभरका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ ।
त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक, दुई स्थानमा हल्का बर्षाको सम्भावाना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभरका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । त्यस्तै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ का एक, दुई स्थानमा हल्का बर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
७ कात्तिक २०७७, शुक्रवार ०७:०० बजे प्रकाशित