दशैंभर लकडाउन गर्ने निर्णय

कोरोना भाइरस फैलिन नदिन झापामा दशैंभर रातिको समयमा लकडाउन गर्ने भएको छ ।
झापा जिल्ला प्रशासन कार्यलय झापाले आज रातिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लकडाउन घोषणा गरेको छ । कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।
७ कात्तिक २०७७, शुक्रवार ०६:५३ बजे प्रकाशित