मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

पौडेललेका प्रेस संयोजक प्रकाश दाहालले दिएको जानकारी अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेका थिए।

कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए।उनलाई बिहीबार कोरोना पुष्टि भएको हो।

पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ।

उनीहरू सबैको अवस्था सामान्य रहेको प्रेस संयोजक दाहालले बताए।

‘मुख्यमन्त्रीज्यूलाई सामान्य रूघाखोकी छ। उहाँ अहिले निवासमै हुनुहुन्छ,’ उनले भेन।

६ कात्तिक २०७७, बिहीवार १८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु