राष्ट्रपतिको दशैं – सेनाको हर्ष बढाईंमा जाने, अन्त नजाने

राष्ट्रपति विद्यादेवी भण्डारी फूलपातीमा नेपाली सेनाले काठमाडौंको टुँडीखेलमा गर्ने हर्षबढाईंमा सरिक हुने तय भएको छ ।
विगतमा हर्ष बढाईंमा राष्ट्रपतिका साथ साथै प्रधानमन्त्री, प्रध्यानन्याधीश लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागि पनि हुने गर्दथे ।
सेनाको हर्ष बढाईंमा विशेष सावधानी अपनाइने भएका कारण सरिक हुने तय भएको तर, अन्य औपचारिक कार्यक्रममा राष्ट्रपति सरिक नहुने नीति रहेको जनाइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार गत वर्षहरुमा जस्तो सर्वसाधारणलाई दशैंको टीका लगाउने कार्यक्रम राखिएको छैन् ।
‘आन्तरिक रुपमा टिकाटालो गर्ने त भइहाल्छ’ दाहालले भने, ‘थप जानकारी सहितको जानकारी आज भोलिमै विज्ञप्ति पनि आउँछ ।’
६ कात्तिक २०७७, बिहीवार १८:०४ बजे प्रकाशित