कोरोना संक्रमणबाट श्रीमान् श्रीमतीको एकैदिन मृत्यु !

कोरोना भाइरसको संक्रमणबाट श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भएको छ ।
मोरङको रंगेली नगरपालिका ४ को एक दम्पतीको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा मृत्यु भएको छ ।
श्रीमानको विराट नर्सिङ होममा र श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले बताएका छन् ।
५ कात्तिक २०७७, बुधवार ०७:५० बजे प्रकाशित