लमजुङमा ३५७ जनाले जिते कोरोना
लमजुङमा बुधबार ८ जनाले कोरोना जितेसँगै कारोना जित्नेको संख्या तीन सय ५७ पुगेको छ ।
बुधबार ८ जना पुरुष रहेको प्रशासनले जनाएको छ । उनीहरु सुन्दरबजारको लमजुङ कृषि क्याम्पस आइसोलेसनमा रहेका ८ जना पुरुष भएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले बताए ।
लमजुङमा हालसम्म ८२ जना महिला र दुई सय ७५ पुरुष गरी तीन सय ५७ ले कोरोना जितेका छन् ।
जिल्लामा बुधबारसम्म कुल कोरोना संक्रमितको संख्या चार सय १२ पुगेको छ । अब १५ महिला र ४० पुरुष गरी ५५ जना संक्रमित आइसोलेसनमा छन् ।
२१ असोज २०७७, बुधवार ०८:३१ बजे प्रकाशित





