कोरोना संक्रमणबाट भैरहवामा एकजनाको मृत्यु

 

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

सोमबार अस्पतालमा भर्ना भएका उनको मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । गुरुङका अनुसार उनमा निमोनियाको समेत समस्या रहेको थियो ।

१५ असोज २०७७, बिहीवार १५:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु